प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ ।
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार पक्राउ परेका मध्ये सार्वजनिक कसुरमा १८ जना , कुटपिटमा १८ जना, सवारी ज्यान कसुरमा १२, ललाईफकाई तथा करकाप जालसाजीमा ११ जना रहेका छन् ।
त्यस्तै जुवातास कसुरमा ९ जना, चोरी डकैतीमा १२ जना, लागुऔषध कसुरमा ८ जना, गालीबेइज्जती तथा झैझगडा कसुरमा ८, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६ जना रहेका छन् । यसैगरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा ८ जना, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, , सामाजिक अपराध कसुरमा ४ र भवितव्य ज्यान कसुरमा ४ जना पक्राउ परेका छन् ।
प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारवाही गरिने बताए । गत वर्ष पनि विभिन्न घटनामा संलग्न १५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको र उनीहरुबाट रु ५ लाख १५ हजार जरिवाना असुल गरिएको उनले जानकारी दिए ।