नेपालगंज । भेरी अस्पताल नेपालगंजमा उपचाररत स्टाफ नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङको तुलसीपुर निवासी २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले ६ दिनदेखि उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको बताए ।