उनले भने, 'सावधान भएनौं भने हाम्रो जनजीवनलाई ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ', उनले भने । उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अोलीले संक्रमण बढ्दै गएकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।
उनले भने, 'सावधान भएनौं भने हाम्रो जनजीवनलाई ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ', उनले भने । उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे ।
पछिल्लो समय देशमा कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । फेरि लकडाउन हुन सक्ने त्रास जनमानसमा भइरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो ।