मुंबई । बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छिन् । भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न आलिया सगरमाथा आउने भएकि हुन् ।
मुंबई । बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छिन् । भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न आलिया सगरमाथा आउने भएकि हुन् ।
फिल्मको छायांकन सगरमाथा आधार शिविरमा हुने छ । फिल्म सिंहमाथि लेखिएको पुस्तक ‘बर्न अगेन अन द माउन्टेन’ माथि बन्न लागेको हो । सन् २०२० मा फिल्म युनिट छायांकनका लागि सगरमाथा क्षेत्रमा आउने बताइएको छ । धर्मा प्रोडक्सन र विवेक अग्निहोत्रीको डर प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।
सन् १९८८ मा जन्मेकी अरुणिमालाई चोरहरूले गुडिरहेको रेलबाट फ्याँकिदिएका थिए । यो दुर्घटनामा परी उनले देब्रे खुट्टा गुमाएकी थिइन् । उनले २१ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् र यो सगै उनी सगरमाथा आरोहण गर्ने पहिलो अपांगता भएकी भारतीय महिला बन्न सफल भएकी थिइन् ।
भारत, उत्तरप्रदेशकी अरुणिमा दुर्घटनामा पर्नुअघिसम्म उत्तरप्रदेश महिला भलिबल टिममा थिइन् ।