अहिले केपी ओलीका सनकपूर्ण निर्णयलाई लालमोहर लगाउनकै लागि हतारिने राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउने नैतिकता छ ? भन्ने प्रश्न उठेको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुको सर्वदलीय बैठक आह्वान गरेकी छन् । देशले पछिल्लो पटक विषम राजनितिक परिस्थितिको सामना गरिरहेको छ । खासमा पुस ५ गतेपछि देशको राजनिति उतावचढाव भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक काम भयो । राजनितिक दल नागरिक समाज लगाएतको विरोध र सर्वोच्चमा परेको रिटमा फैसलापछि प्रतिनिधि सभा फेरि ब्यूँतिएको छ ।
हुन त राष्ट्रपति पद देशकै सम्माननिय अभिभावकको पद हो । तर पछिल्लो घटनाक्रम हेर्दा राष्ट्रपति भण्डारीले सो पदकाे गरिमा कायम राख्न नसकेकि भन्दै चार्को आलोचना भएका छन् । उनी नेकपा एमाले त्यसमा पनि ओली गुटको एकलौटी अभिभावक बनेकी छिन् । अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भए लगत्तै प्रधानमन्त्री र राष्ट्रपतिले नैतिकताको आधारमा राजिनामा दिन दबाब आएको थिए । धेरैले आँकलन पनि गरेका थिए । तर त्यो नैतिकता दुबै जनाले कायम राख्न सकेनन् ।
अहिले केपी ओलीका सनकपूर्ण निर्णयलाई लालमोहर लगाउनकै लागि हतारिने राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउने नैतिकता छ ? भन्ने प्रश्न उठेको छ । त्यस्तै, पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा आधा प्रतिनिधि सभामा उपस्थित जनाउने दलहरुसँग परामर्श समेत नगरि क्षणभरमै स्वीकृत जनाउने राष्ट्रपतिले बोलाउँदा आज ति राजनितिक दल के लुरुलुरु जालान् ? त्यो हेर्न पनि बाँकी छ । अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलमाथि सर्वदलीय बैठक बहिष्कार गर्नुपर्ने दबाब बढेको छ । तर सर्वोच्चको फैसलापछि राष्ट्रपतिलाई महाअभियोग नलगाएका र प्रधानमन्त्रीविरुद्धसमेत अविश्वास प्रस्ताव दर्ता नभएकोले आज बैठकमा सबै दल जाने देखिन्छ ।
सर्वोच्चको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र फेरि ब्यूँतिएको छ तर नेकपामा यसले नराम्रो असर पारेको छ । प्रचण्ड समूहमा गएका माधवकुमार नेपाल र झलनाथ खनाल लगाएतले छुट्टै राजनितिक कार्यकर्ता भेला गर्न थालेपछि अल्पमतमा परेका ओलीमाथी संकट आइपरेको छ । ओली र उनको राजनितिक जिवनमै संकट आउन थालेपछि राष्ट्रपति भण्डारीले पनि चासो देखाएकि छिन् ।
आजको सर्वदलीय बैठकमा बोलचाल बन्द भएका नेताहरुबीच राष्ट्रपति भण्डारीले बोलचाल र सम्वादको वातावरण बनाउन सके राजनितिक परिस्थितिले एउटा लय समात्ने थियो । यो बैठकले राजनितिक तिक्तता हटाएर नयाँ सुरुवात गर्न सुत्रको काम गर्न सकोस् शुभकामना ।