महिला दिवसको अवसरमा तनहुँको देवघाटमा विवाहित महिला नौलो प्रतियोगितामा सहभागी भए । गाउँपालिकाले गरेको श्रीमान् बोकेर दौडने प्रतियोगितामा सहभागीहरुले नयाँ अनुभव बटुले ।
तनहुँ । महिला दिवसको अवसरमा तनहुँको देवघाटमा विवाहित महिला नौलो प्रतियोगितामा सहभागी भए । गाउँपालिकाले गरेको श्रीमान् बोकेर दौडने प्रतियोगितामा सहभागीहरुले नयाँ अनुभव बटुले ।
देवघाट गाँउपालिकाको आयोजनामा १११ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रीमानलाई बोकेर दौडमा सहभागी भए । सय मिटरको दुरीमा महिला श्रीमान बोकेर दौडिएका थिए ।
१४ जोडी श्रीमान श्रीमती सहभागी थिए । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भए । २३ वर्षीया गंगा गुरुङ र नविन गुरुङको जोडि तेस्रो भयो भने ४५ वार्षीया सितासिता लामिछाने थापा क्षेत्री र ५५ वर्षीय बम बहादुर थापा क्षेत्रीको जोडी तेस्रो भएको थियो।
यस्तै उजेली पन्त पोख्रेल र भरत पोख्रेलको जोडीले सान्त्वना स्थान पाए ।