प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ले साहसिक ‘सेफ ल्यान्ड’ गरेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ले साहसिक ‘सेफ ल्यान्ड’ गरेको बताएका छन् ।
विप्लव समूहले शसस्त्र द्वन्द्व त्यागेर शान्तिको राजनितिमा आएपछि प्रधानमन्त्री ओलीले अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको पनि बताए ।
आज सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहमा बोल्दै उनले भने, “यो फोर्सल्यान्डिङ, क्र्यास ल्यान्डिङ होइन, सेफ ल्यान्डिङ हो ।”
अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशामा कोही नभएको बताए ।
अब नेपालमा हिंसात्मक द्वन्द्व नभएको र शान्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा आएको भन्दै विप्लवलाई बधाई र धन्यवाद पनि दिए । उनले विप्लवसँग रातारात सम्झौता नभएको पनि बताए ।