काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिमित परिवारका बीच आफ्नो ७० औँ जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा माछा र अण्डा सगुन लिँदै उनले यस पटक आफ्नो जन्मदिन नेवारी परम्परा अनुसार मनाए ।

सानो ‘ह्याप्पी बर्थडे’ कार्यक्रमा प्रधानमन्त्री ओलीका बाबु मोहन प्रसादले टिका र माला लगाइदिएका थिए ।
त्यसपछि परिवारका सदस्यले उनको जन्मदिन मनाएका थिए। उनको सचिवालयले सार्वजनिक गरेको तस्बिर अनुसार यो पाली उनले नेवारी परम्परा अनुसार जन्मदिन मनाएको देखिन्छ । उनकी श्रीमती राधिका शाक्य नेवार समुदायकी हुन् ।
नेवारी संस्कारमा आफूभन्दा ठुला व्यक्तिले जन्मदिन रहेको व्यक्तिलाई फूलले छर्किएर पूजा गर्ने परम्परा रहेको छ । त्यसपछि सगुन खुवाउने क्रम सुरु हुन्छ। सगुनमा पहिलो पटक दहीलाई सगुनको रूपमा प्रयोग गरिन्छ। त्यसपछि माछा र अण्डासँगै रक्सी समेत सगुनमा खुवाइन्छ।