धितोपत्रको दोस्रो बजारमा गतहप्ताबाट कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा हरेक दिन ‘पोजेटिभ सर्किट’ लागिरहेको छ।
काठमाडौं । धितोपत्रको दोस्रो बजारमा गतहप्ताबाट कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा हरेक दिन ‘पोजेटिभ सर्किट’ लागिरहेको छ।
शुरुवाती कारोबार मूल्य ३४० रुपैयाँ कायम भएर फागुन २ गतेबाट दोस्रो बजारमा कारोबार भएको निफ्राको प्रतिसेयर मूल्य सोमबारसम्म ६६० रुपैयाँ पुगेको छ।
सुरुवाती मुल्य राम्रो पाएको निफ्राको सेयर अझै केहि दिन बढ्ने अनुमान गरिएको छ । अस्वभाविक रुपमा सेयर खरिदमा देखिएको चाप र बिक्रि गर्न चाहने सुन्य हुनुले पनि मूल्य थप बढ्न सक्ने अनुमान गरिएको हो।
सूचीकृत सेयर संख्याको आधारमा हालसम्मकै सबैभन्दा ठूलो संस्था निफ्राको बजार पूँजीकरण सोमबारसम्ममा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबर पुगेको छ। कूल २० करोड कित्ता सेयर सूचीकृत रहेको यो संस्थाले सर्वसाधारणका लागि ८ करोड कित्ता प्राथमिक सेयर ९आइपिओ० जारी गरेको थियो भने आइपिओ भरेका सबै १४ लाख ५० हजार जनाले सेयर पाएका थिए।