देशभर ८० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अद्यावधिक विवरणअनुसार आइतबार ८० कोरोना संक्रमित भेटिएका हुन् ।
काठमाडौं । देशभर ८० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अद्यावधिक विवरणअनुसार आइतबार ८० कोरोना संक्रमित भेटिएका हुन् ।
यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ । आइतबार १२१ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।
आइतबार कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाएका छैनन् । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ ।
आज देशभर १ हजार ४९४ सक्रिय संक्रमित रहेका छन्।