खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेक जस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखियो।
खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेक जस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने तथा अप्ठ्यारो गरेर खोप लगाएको देखियो।
यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुन्छ र कतिपय अवस्थामा खोप लिक हुनपनि सक्छ ।
त्यस्तै कतिपय व्यक्तिले भित्रि बस्त्र देखिने गरि निकै अप्ठ्यारोसँग खोप लगाएको देखियो ।
खोप लगाउन जाँदा भित्र हाल्फ टि सर्ट र बाहिर ज्याकेट लगाएमा ज्याकेट खोलेर तथा हाल्फ टि सर्टको बाहुला माथि सारेर सजिलोसँग खोप लगाउन सकिन्छ ।
...
खोप लगाउन जाँदा नुहाएर, खाना र झोलिलो कुरा प्रशस्त खाएर जानुपर्छ । यसो गर्दा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुन्छ ।
खोप लगाउन जाँदा मानसिक रूपमा कन्भिन्स र तयार भएर जानुपर्छ । शंका र कन्फ्युज भएर खोप लगाउनु हुँदैन ।
खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुन्छ । खोप लगाएपछि सकभर २ महिना मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ ।