आधुनिक राजनितिमा आइसकेको नेपाललाई पुनः पुरानो रुढिवादी सोचपूर्ण राजनितिक वातावरणमा पुर्याउने काम आजको आमहड्तालले गर्यो । सम्बाद र वार्ताबाट समस्या समाधान गर्ने संस्कार विकसित भइसकेको नेपालमा फेरि बन्द र हड्ताल जस्तो जंगली संस्कार विकसित भएकोमा सबैको चिन्ता छ ।
काठमाडौं । आज नेकपा दाहाल नेपाल समूहको आह्वानमा देशभर आमहड्ताल भयो । संसदीय सुनुवाइ नै नगरी संवैधानिक परिषद्ले गरेको सिफारिस राष्ट्रपति कार्यालयले सदर गरिदिएपछि त्यसको विरोधमा बिहीबार नेकपाको विभाजित समूह, दाहाल-नेपाल पक्षले आमहड्तालको घोषणा गरेको थियो । दिनभर देशका विभन्न स्थानमा प्रहरीसँग झडप र मुठभेडस्थित समेत देखा पर्यो । त्यस्तै नेकपाको सयौं कार्यकर्तासहित बरिष्ठ नेताहरूसमेत समातिए ।
। वाग्मती प्रदेशमा मुख्यमन्त्री प्रस्तावित अष्टलक्ष्मी शाक्य घरबाट निस्कनेबित्तिकै कलंकीबाट समातिइन् । गोंगबुमा एकाबिहानै ट्याक्सीमा आगजनी गरे । चालकलाई समेत भित्र राखेर आगजनी गरि अज्ञात व्यक्ति भागे । उनीहरु अज्ञात भनिएपनि आजको आमहड्तालको समर्थक हुन् भन्ने आँकलन गर्न गाह्रो छैन। नेपाली जनताले धेरै वर्षपछि आजको जस्तो तनावपूर्ण आमहड्तालको सामना गर्न पर्यो ।
काठमाडौंमा चोक चोकमा आन्दोलनकारीहरु जम्मा भएर सवारीलाई अवरोध गरे भने जनजीवन पनि प्रभावित भयो । काठमाडौंको एक दृश्यले भने सबैको ध्यान तानेको छ । देशभरि कार्यकर्ताहरु हिँडेरै सडक तताइरहँदा बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने गाडी चढेर आमहड्ताल ‘सफल’ बनाउन भन्दै आएका थिए । सातदोबाटो चोकमा पुगेका प्रचण्डले सरकार र प्रतिगमनका विरुद्ध नारा जुलुस नै गरे । प्रचण्ड खुमलटारबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएर पुनः खुमलटार फर्के। उनी बा १७ च ३०७१ नम्बरको प्राडो चढेर आएका थिए। उनका अगाडि-पछाडि सुरक्षाकर्मी पनि थिए। अरु सर्बसाधारणको गाडी जलाइए पनि प्रचण्डको गाडीलाई छुट थियो । अर्का अध्यक्ष माधवकुमार नेपाल पनि स्कुटरमा सवार भएर आन्दोलनमा भाग लिन पुगेका थिए । कार्यकर्तालाई तातो पिचमा कुदाएर आफू सवारीमा हुइकिएको यी दृश्यले प्रचण्ड र नेपालको सर्वत्र विरोध भयो ।
आधुनिक राजनितिमा आइसकेको नेपाललाई पुनः पुरानो रुढिवादी सोचपूर्ण राजनितिक वातावरणमा पुर्याउने काम आजको आमहड्तालले गर्यो । सम्बाद र वार्ताबाट समस्या समाधान गर्ने संस्कार विकसित भइसकेको नेपालमा फेरि बन्द र हड्ताल जस्तो जंगली संस्कार विकसित भएकोमा सबैको चिन्ता छ ।
सामाजिक संजालमा आजको बन्दको समर्थन भन्दा धेरै आलोचना र विरोध भएको देखिए । आज डर त्रासले सर्वसाधारणले व्यापार व्यवसाय सुचारु गर्न सकेनन् । यात्रु गन्तव्यमा पुग्न सकेनन् । विरामी अस्पतालसम्म पुग्न सकेनन् । बेरोजगार युवाको विदेश यात्रा रोकियो । कार्यकर्ताको टाउको फोडियो । जनताले सास्ती पाए । भन्नै पर्दा नेकपा दाहाल नेपाल समूहको आजको आमहड्ताल सफल भयो ।
यसमा कस्को कति फाइदा भयो त्यसको आँकलन गर्न बाँकी छ । तर नेकपाको यस्तो हर्कतले भने कार्यकर्ता र धुपौरेबाहेक सर्वसाधारणको नजरमा प्रचण्ड-नेपाल गिरेका छन् ।