काठमाडौं । काठमाडौंको एक पब क्याफेमा पत्रकारसहित दुइ नायिकाको मारमुङ्ग्री परेको छ । सो घट्नाको उजुरी प्रहरीकोमा समेत पुगेको छ । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । घट्ना लण्डन पब क्याफेमा सोमबार राति भएको हो ।

सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् । साथै नायिका स्वेताले अपशब्द बोलेको उनको आरोप छ ।
नायिका कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । उनले सो घटनाको सबै भिडियो रेकर्डहरु आफूसँग सुरक्षित रहेको र अब, जे बोल्छ भिडियोले नै बोल्ने बताएकी छन् ।
घट्नाको समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा सँगै रहेको बताइएको छ ।