काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषण बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषण बढेको छ ।
गत महिना काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि क्रमशः विस्तारै घटेको थियो । आज बिहान फेरि उपत्यकाको प्रदूषण तह बढेको छ । उपत्यकाको वायु प्रदूषण बढेसँगै विश्वकै नवौं प्रदूषित शहर बनेको छ ।
बिहीबार बिहान ९:१९ बजेको काठमाडौंको एक्यूआई १८२ रहेको छ । कीर्गिस्तानको बिश्केक ४७३ एक्यूआईसहित पहिलो स्थानमा छ ।
पाकिस्तानको कराँची २५३ सहित दोस्रो, भारतको दिल्ली २४१ सहित तेस्रो तथा बंगलादेशको ढाका २३९ सहित चौथो स्थानमा छ । दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, पाकिस्तान र बंगलादेश सबैभन्दा धेरै प्रदूषित देखिएका छन् ।