कञ्चनपुरको पुनर्वास नगरपालिका २ मोतीबस्तीमा घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका २ मोतीबस्तीमा घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।
गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हानेको हो । राँगोले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
‘राँगाले हान्दा चौधरीको घटनास्थलमै मृत्यु भएको खबर छ’, प्रवक्ता थापाले भने, ‘आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौं ।’