स्पेनको पुरानो घरेलु नकआउट प्रतियोगिता कोपा डेल रे मा बार्सिलोनाले जित हात पारेको छ ।
काठमाडौं । स्पेनको पुरानो घरेलु नकआउट प्रतियोगिता कोपा डेल रे मा बार्सिलोनाले जित हात पारेको छ । गएराति भएको खेलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले जित हात पारेको रायो भालेकानोलाई २–१ हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
रायो भालेकानोको मैदानमा भएको खेलमा सुरुवाती अग्रता रायो भालेकानोले लिएको थियो ।
खेलको ६२औं मिनेटमा गार्सिया टोरेसको गोलबाट भालेकानोले अग्रता बनाएको थियो । तर त्यो अग्रता धेरैबेर टिकेन । ६९औं मिनेटमा मेसीले गोल गरी खेल बराबरी गरे ।
८०औं मिनेटमा जोर्डी अल्बाको सहयोगमा फ्रेन्की डी जोङ्ले गरेको गोल बार्सिलोनाको जितका लागि निर्णायक बन्यो ।