निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई (आज) सोमबार पत्र पठाएको हो ।
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई (आज) सोमबार पत्र पठाएको हो ।
आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुनः मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ।
दुई कित्तामा बाँडिएका दुवै समूहले तल्लो तहसम्म आफ्नो संगठन विस्तार गरिसके पनि निर्वाचन आयोगले पार्टी विभाजन हुन नसक्ने भन्दै पत्र काटेको हो।
आयोगले दुवै समूहलाई नचिन्ने भन्दै अब पार्टी फुटेको भनेर आयोगमा निवेदन दिनुपर्ने वा नयाँ पार्टी दर्ता गरेर मात्रै निर्वाचनमा जान भनेको छ।