बृहत् नागरिक आन्दोलनको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज र पानीका फोहोरा प्रहार गरेको छ ।
काठमाडौं । बालुवाटार घेराउ गर्न गएका नागरिक अगुवा र प्रहरीबीच झडप भएको छ । बृहत् नागरिक आन्दोलनको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज र पानीका फोहोरा प्रहार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा बृहत नागरिक आन्दोलनले प्रतिगमनको प्रतिरोधमा गरेको बालुवाटार मार्च पास गरिएको थियो ।
कमलपोखरीको माटो लगाएर सुरु भएको र्याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
हस्तक्षेपमा बरिष्ठ पत्रकार नारायण वाग्ले लगायतका नागरिक अगुवाहरु घाइते समेत भएका छन् ।