नेकपा केपी शर्मा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसामु पार्टी एकता कायम राख्न दुई सर्त अघि सारेका छन् ।
काठमाडौं । नेकपा केपी शर्मा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसामु पार्टी एकता कायम राख्न दुई सर्त अघि सारेका छन् ।
धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले कात्तिक २८ मा प्रचण्डले दर्ता गराएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए ।
उनले पार्टी कसैले फुटाउन सक्दैन भन्दै पार्टीमा भएको फेरबदलका विषयमा निर्वाचन आयोगले गरेको निर्णयमा ओली समूह सकारात्मक रहेको बताए ।
पोखरेलले अब एकता कायम गरेर जानका लागि कात्तिक २८ गतेको सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राखेको अभियोगपत्र फिर्ता लिनुपर्ने बताए । त्यस्तै घोषित निर्वाचनमा सहभागी हुनुपर्ने पनि बताए ।