बलिउड हिरो वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । बाल्यकालदेखिकाे साथी तथा प्रेमिका नताशा दलालसँग २४ जनवरीमा विवाह बन्धनमा बाँधिएका हुन् ।
मुम्बई । बलिउड हिरो वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । बाल्यकालदेखिकाे साथी तथा प्रेमिका नताशा दलालसँग २४ जनवरीमा विवाह बन्धनमा बाँधिएका हुन् ।
कोरोना महामारीको युगमा विवाह बन्धनमा बाँधिएका उनीहरुले कडा सुरक्षाको साथ विवाह समारोह आयोजना गरेका थिए । समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो भने फोटो लिक नहोस् भनेर स्टाफहरुको मोबाइलको क्यामरामा स्टिकर टासिएको थियो ।