समान ३ पटक आईपीएलको उपाधि उचालेका दुबै टोली चौंथो उपाधिको खोजीमा मैदान उत्रनेछन् ।
काठमाडौं । १२ औं संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि आज डिफेण्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र मुम्बई ईण्डियन्स भिड्दै छन ।
पहिलो क्वालिफायरमा भिडेका २ टोली उपाधिका लागि पनि प्रतिस्पर्धा गर्न लागेका हुन् । समान ३ पटक आईपीएलको उपाधि उचालेका दुबै टोली चौंथो उपाधिको खोजीमा मैदान उत्रनेछन् । उपाधि भिडन्त हैदरावादस्थित राजिव गान्धी क्रिकेट मैदानमा नेपाली समयानुसार राति पौने ८ बजे सुरु हुनेछ ।