इन्डियन प्रिमियर लिग (आइपीएल) को १४औं सिजनका लागि सबै टोलीले रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची बुधबार सार्वजनिक गरेको छ । आइपीएलका ८ फ्रेन्चाइजीले यस वर्ष कूल ५७ खेलाडीलाई रिलिज गरेका छन्
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४औं सिजनका लागि सबै टोलीले रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची बुधबार सार्वजनिक गरेको छ । आइपीएलका ८ फ्रेन्चाइजीले यस वर्ष कूल ५७ खेलाडीलाई रिलिज गरेका छन् ।
यसमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपलाई उसको टोली दिल्ली क्यापिटल्सले रिलिज गरेको हो । गत सिजन उनले टोलीबाट खेल्ने अवसरसमेत पाएका थिएनन् ।
टोलीबाट सन्दीपसहित मोहित शर्मा, तुषार देशपान्डे, कीमो पाल, एलेक्सी केरी र जेसन रोय रिलिज भएका छन् । टोलीले ६ जना खेलाडीलाई रिलिज गर्दा १९ जनालाई भने पुनः टिममा रिटेन गरेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लुरुले सर्वाधिक १० खेलाडी रिलिज गरेको छ भने पञ्जाबले ९, राजस्थानले ८, मुम्बईले ७, दिल्लीसहित चेन्नई, कोलकाताले ६–६ र हैदराबादले ५ खेलाडीहरुलाई रिलिज गरेको छ ।