काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसहित हालसम्म देशमा संक्रमितको संख्या २,६८,३१० पुगेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसहित हालसम्म देशमा संक्रमितको संख्या २,६८,३१० पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको छ । उनीहरुको देशका बिभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो । योसहित हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७५ जना पुगेको मन्त्रालयले बुधबार जनाएको छ ।
त्यस्तै बुधबार ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै निको हुनेको संख्या २,६२,६४२ पुगेको छ । मन्त्रालयका अनुसार, देशभर सक्रिय संक्रमितको संख्या ३६९३ मा झरेको छ भने क्वारेन्टीनमा बस्नेहरुको संख्या १७२ मात्र रहेको छ ।