आजबाट सुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।
बिराटनगर । आजबाट सुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो ।
सामान्यत अधिबेशनको पहिलो बैठकमा दलका नेताहरुले बोल्ने परम्परा छ तर बुधबारको बैठकमा नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो । नेकपाकै दाहाल नेपाल समूहले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।