काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं केयूका कुलपति प्रधानमन्त्री केपी ओलीले काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं केयूका कुलपति प्रधानमन्त्री केपी ओलीले काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
केही दिनअघि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रा.डा.सुरेशराज शर्मा र पूर्वसभामुख दमननाथ ढुंगाना रहेको सर्च कमिटीले हालका उपकुलपति प्रा.डा.रामकण्ठ माकाजू, थापा र बालाचन्द्र लुइँटेललाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो ।