फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा हुने भएकाे छ । ति खेलमा नेपालले घरेलु दर्शककाे साथ पनि पाउने भएकाे छ ।
काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा हुने भएकाे छ । ति खेलमा नेपालले घरेलु दर्शककाे साथ पनि पाउने भएकाे छ ।
नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम छ। यस्तै जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ।
गत मार्च- अप्रिलका लागि तय भएका खेलहरू कोरोना भाइरसका कारण स्थगित भएका थिए। नै खेलको मिति पक्का भए पनि कोरोनाका कारण नेपालमा हुने वा नहुने पक्का भएको थिएन। अब अखिल नेपाल फुटबल संघ ९एन्फा० ले तीनै खेल नेपालमै खेलाउने निर्णय गरेको छ।
ती तीनै खेलमा दर्शकलाई प्रवेश दिने एन्फाले जनाएको छ।
मंगलबार भएको एन्फाको बार्षिक साधारणसभाले बार्षिक कार्यक्रम पास गर्ने क्रममा विश्वकप छनोटका खेलहरु नेपालमा गर्ने र ती खेलमा दर्शकलाई टिकट बिक्रि गरेर रकम उठाउने उल्लेख छ।