कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । नेपालमा देखिएकाे नयाँ प्रजाति बेलायतमा देखिएकाे नयाँ प्रकारकाे काेराेना भाइरससँग मिल्ने छ । अहिले दुइ जनाकाे काेराेना नेगेटिभ अाइसकेकाे छ भने अर्का एक पुरूषकाे अझै पाेजेटिभ अाइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
काेराेना पुष्टि भएका तीनै जना पुस महिनामा बेलायतबाट नेपाल फर्किएहरू हुन् ।