पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९३७ पुगेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९३७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४४५ जनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा बुधबारसम्म संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४१४ जना निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।