नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले विदेशी च्यानलमा दिएको अन्तर्वार्तालाई नाटक भनेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले विदेशी च्यानलमा दिएको अन्तर्वार्तालाई नाटक भनेका छन् ।
बुधबार प्रज्ञाप्रतिष्ठानमा आयोजित आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले भारतीय च्यानलमा अन्तर्वार्ता दिनुलाई ओली आफैले बोलाएर नाटक गरेको बताएका हुन ।
उनले भने , ‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी-न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले?,’ प्रचण्डले प्रश्न गरे।
भाषणका क्रममा ओलीमाथी निकै खनिएका प्रचण्डले भारतीय सहयोगअनुसार नै प्रधानमन्त्रीले अहिले प्रतिनिधि सभा भंग गरेको हुन सक्नेतर्फ पनि संकेत समेत गरे ।
‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला,’ उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्यारु सारा जनताले देखे, बुझे। यसलाई के भन्नुहुन्छ केपीजी ?’
अाेलीमा 'म नै राज्य हुँ" भन्ने दम्भ भएकाे भन्दै प्रचण्डले अाेली तानाशाशी बन्दै गएकाे अाराेप लगाए ।