नेकपा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक तानाशाही शासकको संज्ञा दिएकि छिन् ।
काठमाडौं । नेकपा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक तानाशाही शासकको संज्ञा दिएकि छिन् ।
नेकपाको दाहाल नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले यस्तो ओलीमा कम्युनिस्ट मूल्यमान्यता, आदर्श नरहेको प्रमाणित भएको बताएकि हुन्।
“केपी ओली कमरेड होइन अब । उहाँ तानाशाही, निरंकुश शासक हो । लोकतन्त्रको चीरहरण गरेको छ । अब किन कमरेड भन्ने ?’’ उनले प्रश्न गरिन् ।
नेत्रृ शाक्य प्रधानमन्त्रीको कदम विरुद्ध काठमाडौं तातेपछि अब परिवर्तन हुने दाबी पनि गरिन् । “काठमाडौं तात्दै तादैन । तातेपछि सेलाउँदैन । परिवर्तन गरेरै छोड्छ,’’ उनले भनिन् ।
केपी शर्मा ओली कम्युनिस्ट पार्टी सिध्याउन लागिपरेको आरोप लगाउँदै उनले ओली प्रवृतिको अन्त्य हुनु पर्ने बताइन् ।