क्यापिल बिल्डिङमा भएको हिंस्रक प्रदर्शनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै सामाजिक संजालले आफ्नो पहुँचबाट हटाएका छन् ।
एजेन्सी । क्यापिल बिल्डिङमा भएको हिंस्रक प्रदर्शनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै सामाजिक संजालले आफ्नो पहुँचबाट हटाएका छन् ।
फेसबुक, इन्स्ट्राग्राम र ट्वीटरले सधैंको लागि ट्रम्पको अकाउन्टमा प्रतिबन्ध गरेको छ ।
अब भने पालो युट्युबको आएको छ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ। ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ।
युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन्।