पछिल्लो २४ घण्टामा विश्वमा ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज मृत्यु भएकासँगै हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ ।
तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ ।