आफू अध्यक्ष हुँदा जारी भएको संबिधानको अंग-अंग शब्द-शब्दसँग परिचित नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको तर्क जोडदारले उठाँउछन् भन्ने सबैलाई लागेको थियो । तर पछिल्लो पटक उनको मौनताले ति भ्रम चिरेको छ ।
काठमाडौं । कांग्रेस नेता गगन थापाले केही दिन अघि पूर्व सभामुख सुवास नेम्बाङ लुकेर बसेको आरोप लगाए । केही हद सम्म उनकाे आरोप सहि पनि हाे । आफू अध्यक्ष हुँदा जारी भएको संबिधानको अंग-अंग शब्द-शब्दसँग परिचित नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको तर्क जोडदारले उठाँउछन् भन्ने सबैलाई लागेको थियो । कानुनका राम्रा ज्ञाता नेम्बाङ स्वच्छ छवि भएका नेतामै गनिन्छन् । तर पछिल्लो पटक उनको मौनताले ति भ्रम चिरेको छ ।
आफैले बनाएको संबिधानमाथी प्रम ओलीले 'कू' गर्दा चुइक्क आवाज ननिकाली अझ बोल्न पर्छ कि भनी भागी भागी हिडेका नेम्बाङलाई जनताले खोजी रहेका छन् ।
उनी अदालतको निर्णय पछि बोल्छु भन्दै पन्छिरहेकाे छन् । उनलाई प्रश्न के तपाईको आफ्नो वैचारिक मत छैन ? के न्याय अन्याय सहित गलत खुट्याउने क्षमता तपाईमा छैन ? अदालतमा प्रवेश गरेको विषयमा आदलतलाई प्रभावमा पार्ने गरी बोल्न हुँदैन तर आफ्नो विचार राख्न अवश्य पाइन्छ । के अदालतमा प्रवेश गरेका भन्दै मा चुइक्क बोल्न नपाइने हो ? यसो भयो भने त न्यायालय नै तानाशाही बन्दैन र ?
पुर्व प्रधानमन्यायाधीशहरुले समेत आफ्ना विचार राखेर ओलीको कदमलाई असंबैधानिक भनिसकेको छन् । तर सुवास नेम्बाङ किन बोल्दैनन् ? । उनी नबोलेपछि प्रतिनिधि सभाको अध्यक्ष रहँदा त्यसबेला संसद्का संसद्को स्थायित्वका विषयमा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ति भिडियोमा नेम्वाङले सांसद्हरुले विधेयक फेल गर्छौ भनेर धम्क्याउने, प्रधानमन्त्रीलाई रिस उठ्ने अनि विधेयक फेल गर्यौ भने संसद् विघटन गर्छु भन्ने र विघटन पनि गरिदिने गरेको पहिलेको संसद्का सन्दर्भसमेत जोडेर स्थायित्वका लागि संविधानले गरेको व्यवस्था खुलाएका छन् ।
तर अहिले उनी आफै उनी संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो र यो संविधानले त्यो व्यवस्था गरेको भनिरहेका प्रधानमन्त्री केपी ओलीको गुटमा बसेर काम गरिरहेका छन् । त्यसैले पनि आफ्नो मुखमा बिर्को लगाएर, चुप बसेका उनी । मिडियाको सम्पर्कलाई पनि टार्दै आएका छन् । अदालतमा प्रवेश गरेको विषयमा नबोल्ने भन्दै तर्किएका उनले अदालतको निर्णयपछि बोल्ने बताउँदै आएका छन् ।
ओली खेमामा स्पष्ट देखिएका उनी ओलीकै कदमलाई असंबैधानिक भन्न नैतिकताले पनि सकेका छैनन् । तर अदालतले संसद् पुनःस्थापना गरिदियो भने कुन मुखले के बोल्छन् नेम्बाङ ?
‘कालो कोट लगाएर संविधानसभाबाट बनेको संविधान हातमा लिएर सविधानको रक्षाका लागि अदालतमा बहस गर्ने मेरो धोको छ ।’ संविधानसभाले संविधान जारी गरेलगत्तै अध्यक्ष सुवास नेम्वाङले भनेका थिए । तर आज त्यही संबिधानको कू हुँदा किन बोल्दैनन् नेम्बाङ। कुन दुलामा छन् उनी ? भित्रि कोठाहरुमा आफू निकट नेताहरुलाई प्रम ओलीको कदम असंबैधानिक भएको बताइरहेका नेम्बाङ जनतामाँझ खुलेर बोल्न हिच्किकिचाइरहेका छन् ।
शालीन शैली समन्वयकारी छवी र सही कुरामा सबैलाई सहमत गराउनसक्ने कौशलता भएका नेताका रूपमा सुवास नेम्वाङ राजनीतिक वृत्तमा परिचित छन् । त्यसैले उनी पटक पटक राजनितिक सहमतिमा संविधान सभाको अध्यक्ष भए ।
संविधानको रक्षाका निम्ति संविधानसभाबाट बनेको संविधान बोकेर अदालतमा बहस गर्न जान्छु भन्ने नेम्वाङ यतिबेला कता छन् ? उनी भन्दै छन्अ, दालतमा विचाराधीन मुद्दामा मैले धेरै टिप्पणी गर्न मिल्दैन । फैसला आएपछि आफ्नो कुरा भन्नेछु ।’
नेकपा विभाजनपछि स्पष्ट दुई खेमामा बाडिएको नेकपामा नेम्बाङ ओलीकै पक्षमा छन् । अझै ओलीलाई काुननी तथा संंवैधानिक काम कसरी गर्ने भन्ने सन्दर्भमा सल्लाह नै दिँर्दै आएका छन् नेम्बाङ । तर साँढे झै मैमत्ता भएर हिँडेका ओलीले अहिले कसैका कुरा सुन्ने सम्झने पक्षमा देखिँदैनन् त्यसैले पनि नेम्बाङले आफ्नो धारणा ल्याएर ओलीको नजरमा नराम्रो बन्न नचाहेको हुन सक्छ ।