टुक्रा टुक्रा विभिजित देश नेपाललाई उनले एकमालाम गास्न सुरु गरेका थिए । देशलाई एक सुत्रमा बाधेर जीवका अन्तिम क्षणमा भविष्यका पुस्तालाई काम लाग्ने गरी उनले दिव्य उपदेश दिएका थिए ।
काठमाडौं । नेपाल एकिकरणका माहानायक पृथ्वीनारायाण शाहको आज २९९ औं जन्मोत्सव । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । टुक्रा टुक्रा विभिजित देश नेपाललाई उनले एकमालाम गास्न सुरु गरेका थिए । देशलाई एक सुत्रमा बाधेर जीवका अन्तिम क्षणमा भविष्यका पुस्तालाई काम लाग्ने गरी उनले दिव्य उपदेश दिएका थिए ।पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको त्रिशूली र तादीको दोभान देवीघाट मोहनतीर्थमा भएको थियो ।
आफ्नो जीवनको अन्तिम दिनहरुमा भाइभारदारलाई बोलाएर उनले जुन दिव्यउपदेश दिए त्यो अहिलेसम्म पनि समय सान्दर्भिक छ ।
हेरौं उनले दिएका केही दिव्य उपदेशः
आर्थिक नीति
-खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
-कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु
-‘आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू । नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भन्डार भन्याका रैतानहरु हुन् ।
विदेश नीति
-‘यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ। चीन बादशाहसित ठुलो घाहा राष्नु। दषिन समुद्रको बादशाह सित पनि घाहा त राख्नु। तर त्यो महाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमी मा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ।’
-‘भोटको घाहा कालु पांडेका सन्तानलाई नछुटाउनु’
आन्तरिक नीति
-मेरा साना दुखले आर्ज्याको मुलुका होइन । यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।
-‘अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् ।’
-अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।