नेपाली म्युजिक भिडियोमा निकै चलेकि तुलसा कटुवाल लामो समय पछि पुनः अभिनयमा फर्किएकि छिन् ।
काठमाडौं । नेपाली म्युजिक भिडियोमा निकै चलेकि तुलसा कटुवाल लामो समय पछि पुनः अभिनयमा फर्किएकि छिन् । पछिल्लो समय चेतन सापकोटाको शब्द, आनन्द कार्कीको आवाज रहेको आधुनिक गीत ‘जिन्दगी अझै जिउने आस लाग्ने गर्छ, जबजब तिमी मलाई खास लाग्ने गर्छ...’ बोलको गीतबाट पुनः अभिनय कर्ममा फर्किएकी हुने । गीतमा संगीत भने शक्ति बल्लभले भरेका छन् ।
गीतको म्युजिक भिडियो पुस १७ गते काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको छ । देवराज आचायको निर्देशनमा खिचिएको म्युजिक भिडियोको हाल सम्पादनको काम भइरहेको छ । गीतको छायांकन उद्धव ओलीले गरेका हुन् । नयाँ गीतको भिडियो देव मिडिया नेपालको अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरिने भएको छ ।
लामो समयपछि अभिनयमा फर्किएकि तुलसाले यो गीत मार्फत आफू फेरि म्युजिक भिडियोमा स्थापित हुने बताइन्। संखुवासभा चैनपुरकी तुलसाले पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । म्युजिक भिडियो मात्रै होइन, उनले दमन रुपाखेतीले निर्देशन गरेको हास्य टेलिसिरियल ‘हाक्काहाक्की पक्कापक्की’ मा पनि अभिनय गरिसकेकी छन् ।
उनले गायिका देशु सुहाङको तीज गीतबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी तुलसा तीन वर्षको ग्यापपछि पुनः अभिनय यात्रामा फर्केकी छन् ।