मैलुङदेखि तीरुसम्मको यात्रा पैदल । हामी १० जनाको टोलमिा थपिए उत्तरगया गाउपालिका–१ का अध्यक्ष । एघार जनाको टोली विहानको ९ः३० बजेतिर उकालो लाग्ने प्रयत्न गरियो । जंगल, सानासाना बुट्यान अति भिरालो ठाउँ । शरीर नै सिरिङ–सिरिङ हुने ठाउँहरुमा सानो गोरेटो बाटो विस्तारै विस्तारै उकालो तर्फ लागि रहदा कार्यालयमा साथीहरुले भनिरहेको सम्झना याद आयो “तीरु जानलाई ६ घण्टा लाग्छ” अनि झसंग हुँदै कत्तिखेर पुगिएला भन्ने बेला बेलामा खुल्दुली समेत लागिरहन्थ्यो
फागुन १५ गते विहान ५ बजे टिङटिङ टिङटिङ मोबाइलको अर्लामसँगै रसुवा, बेत्रावतिको रिभर भ्यु होटेलमा निद्राबाट विउझिएको म, आयोजना प्रमुख र इन्जिनियर । धुन्चेबाट अघिल्लो दिन नै त्यहाँ पुगि हामी बास बसेका थियौं । हाम्रो यात्राको गन्तव्य रसुवाको सुन्दर ठाउँ तीरु गाउँसम्म पुग्ने थियो । विहान चियाको चुस्कीसँगै जिल्ला आयोजना कार्यान्वयन इकाईको टिम नुवाकोट जिल्लाको शान्तिबजारतर्फ प्रस्थान गर्दै गर्दा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र पिन संस्थाका टिमसँग भेट भई शान्तिबजारमा चियानास्ता । त्यहाँसम्म पुग्दा हामी जम्मा १० जनाको टोली भइसकेका थियौं । अव तीरुजाने टोलीमध्ये वडा अध्यक्ष र नापी कार्यालयका कर्मचारीकोमात्र अनुपस्थिति देखियो । हामी शान्तिबजारबाट लगभग ४५ मिनेटको हाराहारीमा मैलुङ पुग्यौं ।
हाम्रो टोलीमा नेतृत्व गरिरहनु भएको थियो आयोजना प्रमुख भरत कुमार थापा, अन्य सहभागीहरु क्रमशः इन्जिनियर सन्तोष थापा, जिल्ला पत्रकार महासंघका अध्यक्ष हेमनाथ खतिवडा, वडाअध्यक्ष बम बहादुर तामाङ, पिनका संयोजक निशा निरौला, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका एड्भोकेसी अफिसर सोममाया तामाङ र सुष्मा न्यौपाने, कप्युटर अपरेटर राजेन्द्र प्याकुरेल, हलुका सवारी चालक झवराज न्यौपाने अनि म थियौं ।
हाम्रो टोली तीरु गाउँ जानुको मुख्य उद्देश्य भनेको नै रसुवा जिल्लामा भुकम्पबाट पिडितहरु मध्ये पनि अति पिडित जुन भौर्गभीक अध्ययन प्रतिवेदनबाट जोखिमयुक्त बस्ती एकिन गरिएको छ सो जोखिमयुक्त बस्तिका लाभग्राहीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि कुल १३३ जनाले तीरुमा एकीकृत बस्ति विकास गरी बस्ने निवेदन जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा पेश गरिएको सन्दर्भमा त्यहाको भौगोलिक अवस्थाको बारेमा निरीक्षण गर्ने र आवश्यक कार्य अगाडि बढाउनु रहेको थियो । साथै एकीकृत वस्ति विकास कार्यको लागि जग्गा एकिन गर्ने । (जुन केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट एकीकृत वस्ति विकासको लागि अध्ययन गरिएको र भौगर्भीक अध्ययन प्रतिवेदनबाट सुरक्षित देखिएको)
मैलुङदेखि तीरुसम्मको यात्रा पैदल । हामी १० जनाको टोलमिा थपिए उत्तरगया गाउपालिका–१ का अध्यक्ष । एघार जनाको टोली विहानको ९ः३० बजेतिर उकालो लाग्ने प्रयत्न गरियो । जंगल, सानासाना बुट्यान अति भिरालो ठाउँ । शरीर नै सिरिङ–सिरिङ हुने ठाउँहरुमा सानो गोरेटो बाटो विस्तारै विस्तारै उकालो तर्फ लागि रहदा कार्यालयमा साथीहरुले भनिरहेको सम्झना याद आयो “तीरु जानलाई ६ घण्टा लाग्छ” अनि झसंग हुँदै कत्तिखेर पुगिएला भन्ने बेला बेलामा खुल्दुली समेत लागिरहन्थ्यो ।
ती भीरालो ठाउँहरु भएपनि केही सुन्दरताहरु त्यहाबाट पनि अवलोकन गरि नै रहेका थियौं । त्रिशुली नदी अनि त्यहा निर्माण भईरहेका जलविद्युत आयोजनाहरु । उकालो बाटोमा हामी मात्र थिएनौ त्यहा खाद्य सामग्री बोकी हिडिरहेका अन्य व्यक्तिहरु पनि सँगै सहभागी हुनुहुन्थ्यो । उहाँहरु भने नियमित हिडिरहेकोले सामन्य जस्तै मानिरहनुभएको थियो । लभगभग मध्य भाग पुग्दा हाम्रो टोलीलाई पुरै २ घण्टा लागिसकेको थियो । मध्य भाग देउराली भन्ने ठाउँमा पर्दछ । त्यहा पुग्दा स्थानीयहरुसँग भलाकुसारी गर्ने अवसर समेत पाइयो । देउरालीभन्दा माथि खासै अफ्ठ्यारो ठाउँहरु देखिएन बरु थकान धेरै भएकाले उकालो हिड्नमा भने केही कठिन महशुस । धेरैजना हासीमज्जा, फोटो सेसन, लालीगुरासको सौन्दर्यताले गर्दा बाटो काट्न खासै समस्या भएन । हामी ४ घण्टाको उकालो हिडाइबाट तीरु गाउँको पुछारमा पुग्यौ । थकान मेट्दै ९६ वर्षका व्यक्तित्वसँग भलाकुसारी गर्ने मौका मिल्यो । भलाकुसारी गर्ने व्यक्तित्व वडाअध्यक्षका ससुरा हुनुहुन्थ्यो । केही घण्टामा खाना खाइ हामी तीरुगाउको एकीकृत वस्ति विकासको लागि योजना बनाइएको ठाउँमा पुग्यौ तर पानी परेका कारण हामीले सामान्य अवलोकन तथा निरीक्षणमात्र गरियो । साझको पख नापी टोलिसमेत सहभागि रहनुभयो । तीरु गाउँ करिव करिव १५ घरधुरी घरहरु अहिले देख्न सक्दछौ । तामाङ जातीका आफ्नै संस्कार अनि संस्कृति त्यहा देख्न सक्दछौ । हामी त्यहा स्थानीय परिकार खाई आराम गर्यौ ।
विहान ५ः३० बजे उठ्दा तीरुका सम्पूर्ण गाउँहरुमा चाँदनी रुपीले सिरोपण गरिरहेको थियो । समुन्द्र सतहदेखि २१५० मिटरको उचाई हाम्रो जिपियसले देखाइरहेको थियो । जाडो धेरै महशुस भइरहेको थियो । वरीपरी सबै भागहरु हिउले पुरै ढाकिएको हुँदा हामीले सुन्दरताको बयान गर्न साध्य नै भएन । कत्ति खुसी भइयो होला भनि साध्य नै भएन । हामीहरु कोही हिउ खेल्न लाग्यो भने कोही फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्न तर्फ पनि लाग्यौं । रमाईलोे पलहरु त्यहा करिब करिव ४ घण्टासम्म रहयो । यसै समय देखि आयोजना प्रमुखबाट केही कुराहरुसमेतको नयाँ थालनी समेत गर्नु भएको छ जुन स्वागत योग्य रहेको महशुस मैले गरेको छु ।
खाना खाइसकेपश्चात हाम्रो मुख्य कार्य रेखांकन तथा कित्ताहरुको एकीन शुरुवात गरियो । हिउ तथा पानी पर्न पनि रोकियो । राम्रो कामको शुरुवात भएर होला हामीलाई प्रकृतिले समेत स्वागत गरेको अनुभव भयो ।
फर्कने क्रममा बाटोमा हिउ पन्छाउदै ओरालोमा झर्दाको छुट्टै मज्जा थियो । साथीहरु लड्दै गर्दा रमाइला कुराहरु पmुथ्र्यो । बाटो धेरै अफ्ठ्यारो र सानो भएको हुँदा मैलुङसम्म झर्न लगभग ३ घण्टा लाग्यो ।
प्राकृतिक रमणीय ठाउँ तीरुको भ्रमण उपलब्धीपूर्ण रहयो । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), रसुवाले अव एकीकृत वस्ति विकास कार्यको लागि नेपाल सरकारद्धारा स्वीकृत ऐन, नियम र कार्यविधिहरुको अधिनमा रही जग्गा प्राप्तीको कार्य अगाडि बढाउन गइरहेको छ । तत्काल १३३ घरधुरीको लागि एकीकृत वस्ति विकासको तयारी आयोजनाले गरिरहेकोछ ।
(राई जिल्ला आयोजना कार्यान्वयन इकाई, रसुवाको सामाजिक विकास विशेषज्ञ हुन )