नेपालगञ्ज । नेपालगञ्जको उत्कृष्ट सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप निकै बढेको छ । निजी तथा आवासीय विद्यालय छोडेर आएका विद्यार्थीको चाप थेग्नै मुश्किल परेकोपछि अहिले बाँकेका सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएर भर्ना लिन सुरु गरेको छ ।
नेपालगञ्ज । नेपालगञ्जको उत्कृष्ट सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप निकै बढेको छ । निजी तथा आवासीय विद्यालय छोडेर आएका विद्यार्थीको चाप थेग्नै मुश्किल परेकोपछि अहिले बाँकेका सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएर भर्ना लिन सुरु गरेको छ ।
राम्रो नतिजा ल्याउन सफल सामुदायिक विद्यालयलयमा विद्यार्थीको चाप पढेपछि प्रवेश परीक्षा लिएर भर्ना लिइएको छ । सिकाइ उपलब्धि राम्रो भएपछि बाँकेका सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा परेका हुन् ।
नेपालगन्जस्थित धम्बोझी माध्यमिक विद्यालयलाई विद्यार्थीको चाप थेग्न मुस्किल परेको छ । कक्षा नौदेखि कम्प्युटर इन्जियरिङको पढाइ हुने र नतिजासमेत राम्रो आउन थालेपछि विद्यार्थीको चाप थेग्न धम्बोझी माविलाई कठिन भएको हो ।
विद्यार्थीको चाप अत्याधिक बढेपछि प्रवेश परीक्षामार्फत नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिएको प्रधानाध्यापक वामदेव सुवेदीले बताए । साथै उनले भने, ‘विद्यालयमा यतिबेला आफ्ना बालबालिकालाई भर्ना गराउन अभिभावकहरु विच होडबाजिनै चलेको छ ।’
गत शैक्षिक सत्रमा दुई हजार एक सय भन्दा बढी विद्यार्थी रहेकामा उक्त विद्यालयमा अहिले यो संख्या बढेर दुई हजार २ सय पुग्ने अनुमान गरिएको छ । प्रअ सुवेदी भन्छन्, ‘यो भन्दा धेरै भर्ना लिँन कक्षा कोठा नै छैनन् । भर्ना लिएर मात्रै के गर्नु ? पूर्वाधारको अभावमा भर्ना नपाएपछि विद्यार्थी निराश भएर फर्कनुपर्ने अवस्था छ ।
कोहलपुरस्थित त्रिभुवन माविमा पनि विद्यार्थीको उस्तै चाप छ । विद्यार्थीलाई आकर्षण गर्न र निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुन्छ । अङ्ग्रेजी र नेपाली माध्यममा पढाइको वातावरण बनेपछि विद्यार्थी सङ्ख्या धेरै बढेको प्रधानाध्यापक देवकी थापाले बताए ।
सरकारले लगानी गरेका सामुदायिक विद्यालयको पढाइप्रति शङ्का गर्नुपर्ने कुनै कारण नरहेको अभिभावकहरु बताउँछन् । अभिभावक पदमबहादुर शाही भन्छन्, ‘अङ्ग्रेजीमा राम्रो गरुँन् भनेर निजीमा पढाउने हो । अहिले सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ । किन निजीमा पढाउनु ?’
खजुरास्थित ज्ञानोदय माविमा पनि विद्यार्थीको उत्तिकै घुइँचो छ । भर्ना हुन चाहने विद्यार्थीको घुइँचो लागेपछि प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए ।
खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि र फत्तेपुरको सिद्धेश्वर माविको उत्कृष्ट नतीजाका कारण विद्यार्थीको आकर्षण धेरै छ । कौशिला नगरस्थित कृष्ण माविमा पनि विद्यार्थीको सङ्ख्या बढ्दो छ । विद्यार्थीको चाप धेरै हुन थालेपछि प्रवेश परीक्षा लिनुपर्ने सामुदायिक विद्यालयहरुलाई बाध्यता छ ।
भर्ना गर्न दबाब दिँदै अभिभावक
धम्बोझी माविसँगै खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि, फत्तेपुरको सिद्धेश्वर मावि र कौशिलानगरको कृष्ण माविमा विद्यार्थी भर्नाका लागि अभिभावकले दबाब दिने गरेका छन् । धम्बोझी माविसँगै खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि, फत्तेपुरको सिद्धेश्वर मावि र कौशिलानगरको कृष्ण माविमा विद्यार्थी भर्नाका लागि अभिभावकले दबाब दिने गरेका छन