पाँचथरको सदरमुकाम फिदिमस्थितमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
काठमाडौं । पाँचथरको सदरमुकाम फिदिमस्थितमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले मृत्यु हुनेमा फिदिम नगरपालिका-१ का २० वर्षीय अर्जुन शंकर रहेका बताए ।
झापा बिर्तामोडका अर्जुन मगर र चालक धरानका पार्वत गुरूङ गम्भीर घाइते भएका छन् ।
फिदिमदेखि जोरसालतर्फ जाँदै गरेको बा१९च ५७३६ नम्बरको पिकअप हिजो राति ८ बजे दुर्घटना भएको हो ।