हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बाग्मती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहे पनि अन्य स्थानको मौसम भने सफा रहने छ ।