यो साताको सुरुदेखि नै नेपालमा सुनचाँदीको मूल्य घट्दो अवस्थामा छ । आइतबार ६ सय रुपैयाँले ओरालो लागेको छापावाल सुन सोमबार पुन: ७ सय रुपैयाँले ओरालो लागेको छ ।
काठमाडौं । यो साताको सुरुदेखि नै नेपालमा सुनचाँदीको मूल्य घट्दो अवस्थामा छ । आइतबार ६ सय रुपैयाँले ओरालो लागेको छापावाल सुन सोमबार पुन: ७ सय रुपैयाँले ओरालो लागेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ९० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि आइतबारको तुलनामा ७ सय रुपैयाँले घटेर ८९ हजार ५ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतवारको तुलनामा सोमबार चाँदी ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।