विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख ९६ हजार ९७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख ९६ हजार ९७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन् । योसँगै कूल मृत्यु संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ ।
विश्वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन् । तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् ।
अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन् । भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन् ।