काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन ।
सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सह्दयी मित्र गुमाएको उल्लेख गरेका छन ।
विज्ञप्तिमा भनिएको छ,‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु ।’
सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उनको परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौँमा निधन भएको थियो ।