नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जनाएका छन् ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जनाएका छन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनले स्वाब संकलन गर्दा नतिजा पोजेटिभ आएको हो । उनमा सामान्य लक्षण देखिएको बताइएको छ । उनी होम आइसोलेसनमा बसिरहेका छन् ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार १६ खेलाडीको पिसिआर परीक्षण गर्दा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो ।