राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ ।
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज विहान ४ बजे निधन भएको हो । उनको दुई दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए ।
ललितपुर कुपण्डोल निवासी ७६ वर्षे शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन् ।