अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
एजेन्सी । अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।
युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता क्लबबाट उनले खेलेका थिए । उनी सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।
उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।