नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार एक हजार रुपैयाँ घटेको हो ।
कोरोना भाइरसविरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि मूल्य घटेको महासंघले जनाएको छ । यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको छ ।