सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ । बाइडेनले आफ्नो समूहको घोषणा गर्दै विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताएका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो सरकारको टीम बनाइरहेका छन् ।
उनले हाल सरकारका महत्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन् । बिबिसीका अनुसार एभ्रिल हेन्सलाई महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्समा मनोनयन गरिएको छ । यस्तै अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुने छन् ।
यसअघि बाइडेनले टोनी ब्लिङ्केनलाई विदेश मन्त्री र अर्थशास्त्री ज्यानेट येलेनलाइ अर्थमन्त्रीको जिम्मेबारी दिने घोषणा गरेका थिए। पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिकाका लागि मनोनित गरिएको छ ।
सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ । बाइडेनले आफ्नो समूहको घोषणा गर्दै विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताएका छन् ।
मन्त्रिपरिषद्मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै बाइडेनले यो समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने दाबी गरेका छन् ।
गृह राज्य डेलावेरमा बोल्दै बाइडेनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने बताएका छन् ।