काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्याले १३ सय नाघेको हो । उनीहरुको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसहित हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि हिजो शुक्रबार २२ जनाको मृत्यु भएको थियो ।