काठमाडौं । सत्तारुढ नेकपामा उत्कर्षमा पुगेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले आज पनि छलफल र परामर्श गर्दैछन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता गराएर दुर्वै अध्यक्षले संयुक्त राजनीतिक प्रतिवेदन ल्याउने बारे छलफल शुरु भएको हो ।
काठमाडौं । सत्तारुढ नेकपामा उत्कर्षमा पुगेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले आज पनि छलफल र परामर्श गर्दैछन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता गराएर दुर्वै अध्यक्षले संयुक्त राजनीतिक प्रतिवेदन ल्याउने बारे छलफल शुरु भएको हो । सहमतिको दिशामा ठोस छलफल शुरु नभएपनि दुवै अध्यक्षसंग भएको छलफल सकारात्मक भएको नेकपा नेता सुवास नेम्वाङले बताए ।
दुवै अध्यक्षसँग आज पनि छुट्टाछुट्टै छलफल गरिने नेम्वाङको भनाई छ । सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली विरुद्ध लक्षित गरेर राजनीतिक प्रस्ताव तयार गरेपछि सत्तारुढ नेकपाको विवाद उत्कर्षमा छ ।
सचिवालयको आगामी १३ गते बस्ने बैठक अघी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले समेत छुट्टै राजनीतिक प्रस्तावको गृहकार्य गरिरहेका छन । अध्यक्ष दाहालसँग हिजो भएको छलफल केही सकारात्मक भएकाले संयुक्त प्रस्ताव ल्याउने गरि छलफल भईरहेको नेता नेम्वाङको भनाई छ ।