अबुधाबी । रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सजिलै पराजित गरेको छ ।
अबुधाबी । रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सजिलै पराजित गरेको छ ।
दाहिने हाते तीव्र गतिका बलर मोहम्मद सिराजले ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर तीन विकेटको प्रर्दशन गरेपछि टस जितेर ब्याटिङमा आएको कोलकाताले ८ विकेट गुमाई ८४ रनमात्र बनाउन सक्यो । पूरा २० ओभर खेलेर अलआउट नभई बनाएको आईपीएल इतिहासमै यो सबैभन्दा कम स्कोर हो । किंग्स इलेभेन पन्जाबले सन् २००९ मा डरबानमा चेन्नई सुपर किंग्सविरुद्ध पूरा ओभर खेली ८ विकेट गुमाई बनाएको ९२ रन यसअघिको न्युन स्कोर थियो।
बेंग्लोरले १३.३ ओभरमै लक्ष्य पूरा ग¥यो । आरोन फिन्च १६ रन बनाई फर्गुसनको बलमा आउट भए। देवदत्त पाडिक्कलले १७ बलमा ३ चौकासहित २५ रन बनाए। गुरकिराँत सिंह २१ र कप्तान विराट कोहली १८ रन बनाई अविजित रहे ।
१० खेलमा सातौं जित हात पारेपछि बेंग्लोरको १४ अंक पुगेको छ। तर कमजोर रनरेटका कारण टोली शीर्षस्थानको दिल्ली क्यापिटल्सभन्दा पछाडि छ । मोर्गनलाई नयाँ कप्तान बनाएयता कोलकाताको तीन खेलमा दोस्रो हार हो। टोली १० अंकसहित चौथो स्थानमा छ।